आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालनमा

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०५:३१

मनोज रावत , डडेल्धुरा  भौगोलिक रूपमा अत्यन्त बिकट मानिने आलिताल गाउँपालिका ९तत्कालीन गांखेत गाविस० वार्ड नं २ मा रहेको श्री उडीकोट माध्यमिक विद्यालयमा कक्षा १२ सम्म सन्चालनका निमित्त संघर्ष सहितको अभियान सञ्चालन भएको छ । स्थानीय युवाहरुको पहलमा उक्त अभियान सोमबार देखि सुरुवात भएको हो । 

 उक्त विद्यालयमा कक्षा एकदेखि १० सम्म  २६० जना छात्रछात्राहरुले अध्ययन गर्दै आएका छन् । २०१६ सालमा स्थापना भएको उडिकोट माविले दशकौं बितिसक्दा समेत उच्च माविको अध्यापन सञ्चालन गर्न सकेको छैन । उच्च माध्यमिक विद्यालय सञ्चालनका लागि बिभिन्न राजनीतिक दलहरुले निर्वाचनका समयमा चुनावि नारा समेत बनाए ।  २०७४ सालको चुनावमा डडेल्धुरा नै गृह जिल्ला भएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा समेत आएर मावि सञ्चालन गर्नेमा आश्वासन दिएको स्थानिय बताउछन् ।


 स्थानिय अगुवा महिला सारदा नेपाली भन्छीन् ूपाचौं पटक सम्म प्रधानमन्त्री भएका देउवाले आफ्नो यस क्षेत्रका नागरिकलाई आश्वासन बाहेक केहि नदिएको बताउछिन् । यस क्षेत्रमा उच्च मावि नभएकाले धेरै जसो छात्रछात्राहरुको औपचारिक शिक्षा एसइइ सम्म मात्रै सिमित हुने गरेको उनि बताउछिन् । आफु पनि यहा उच्च शिक्षा नभए कै कारण एसएलसी सम्मको पढाइ मात्र गरेकी हु , उच्च शिक्षा हासिल गर्ने ठुलो इक्छा थियो तर यहा हाइस्कूल थिएन् , दश पास गरेर  बिहे गरे । पढ्ने धोको सारै थियो यहा हाइस्कूल थिएन  बिहे गरेर घरजम गरेकि मलाई उच्च शिक्षा हासिलका लागि मलाई घरकाले बाहिर जान मनाहि गरे , त्यस्तै म जस्तै पढ्ने इच्छा भएका छोरी बुहारीहरुले अब भने दुख नपाउन भन्ने हेतुले हामिले यो विद्यालय लाई उच्च मावि बनाउने अभियान थालेको उनले बताइन् । 


सोमवार आयोजित आम भेलालाई सम्बोधन गर्दै आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ , उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले पनि यस  क्षेत्रमा एउटा उच्च माध्यमिक विद्यालय अति आवश्यक भएकाले आफुहरुले जति सक्दो चाँडो पहल गरेर उच्च शिक्षा पढाइ सञ्चालनका लागि प्रतिबद्द रहने बताएका छन् । कार्यक्रमका विशिष्ट अथिति रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तुलाराम बोहराले पनि उडीकोट माविमा अध्ययनरत छात्रछात्राले उच्च शिक्षा हासिलका लागि कुन्ठित हुने र बाहिर जानु पर्ने ब्याध्यता हामि सबै राजनीतिक दलहरु मिलेर र यो समस्याको अन्त्य गर्ने बताउन
 भयो । 

स्थानीय युवा तथा नेपाली कांग्रेसका नेता प्रमोद मल्लको संयोजकत्वमा २१ सदस्यीय उडिकोट ंज्ञद्द कार्यन्वयन समिति गठन गरेको छ । समितिले उच्च मावि सञ्चालनका लागि बिभिन्न ठाउमा समन्वय गर्ने , आर्थिक संकलन र उच्च मावि निर्माणका लागि संघर्ष समेत गर्ने बताइएको छ । उक्त अभियान मा सबैले हातेमालो गर्न समेत समितिका संयोजक प्रमोद मल्लले आग्रह गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु