बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु,३ जना घाइते

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०८:५५

बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा जीप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बा १८ च ५६७७ नम्बरको उक्त जीपमा सवार अन्य तीन जना घाइते भएका छन् ।

घटनाको जानकारी भएपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि पठाइएको छ । घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी गरेको छ । घाइतेको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु