सर्वोत्कृष्ट कार्य गरेको भन्दै एसपी अधिकारी सम्मानीत

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ १०:५७

पवन भण्डारी धनगढी । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिश्व अधिकारी लाई सम्मान गरियको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयारा बुधवार काठमाण्डौमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा उनलाई सम्मान गरिएको हो ।  


राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा (वास्कोटा)ले अधिकारी लाई सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।


१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा भाद्र २० गते जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा उत्कृष्ट काम गरेको भन्दै सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो । 
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरेको सम्मान ग्रहण पछि बोल्दै जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख अधिकारीले मन्त्रालयबाट प्राप्त सम्मानले आफु लाई काम गर्न थप हौसला र थप उर्जा प्रदान गरेको बताए । उनले अपराध नियन्त्रणमा कुनै पनि कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाए । 


जिल्ला प्रहरी कार्यालय कैलालीमा विगत एक बर्षमा मानब बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटना दर्ता भएका छन भने २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ मुद्दामध्ये ९ मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको जिल्ला प्रहर िकार्यलय कैलालीको तथ्याँकमा रहेको छ । 


सो अवधीमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरेको थियो ।  पछि बालीका लाई पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।


जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्था संगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो ।  ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवार सँग मिलन गराएको थियो ।


मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शान्ति पुनरस्थापना गृह, माईती नेपाल जस्ता संघ संस्थाहरु संग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श,जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।


एसपी अधिकारी जिल्ला प्रहरी कार्यलय कैलालीको प्रमुख भएर आए देखि कैलाली जिल्लाको शान्ती सुरक्षामा समेत निकै सहज भएको नागरिकहरुले बताउदै आएका छन । एसपी अधिकारीले लागुओैषध नियान्त्रण गर्नका लागी भबिष्य बचाँउ लगायतका कार्यक्रम समेत सञ्चालन गर्नु भएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु