उजेली गौरा पर्वको समापन

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ ११:५३

धनगढी – गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व लाई ठाँउ बिषेश गरि फरक फरक तरिकाले मनाउने गर्दछन । कर्णाली प्रदेशका जिल्लाहरु बाट बसाईसराई गरि धनगढी आएका ठकुरी समुदायका नागरिकहरु गौरा पर्व लाई उजेली गौराका रुपमा तिजको दिन देखि सुरु गर्छन भने सदुरपश्चिमका नागरिक अधेरी गौरा पर्वका रुपमा कृष्ण जन्मअष्टमीका दिनमा सुरु गर्छन ।

 अधेरी गौरा भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ भने उजेरी गौरा पन्चमी देखि नवमी सम्म मनाईन्छ । गौरा पर्व मनाउने दिन फरक फरक भएपनि  बिधि भने एउटै रहेको छ । 
गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वासका साथ गौरा मनाईदै आएको स्थानीय जानकी शाहीले बताईन । 

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्ने चलन रहेको स्थानिय गजेन्द्र शाहीले बताए । 


गौरा पर्व  मनाउने बिधि अलि फरक भएपनि  दुबै एउटै भएको स्थानीयको भनाई छ । अधेरी गौरा र उजेली गौरा र मनाउने समय मात्र फरक रहेको स्थानीय सनरुपा सिह ले बताईन  । धनगढी उपमहानगरपालकिाले हरेक कला सस्कृतीको संरक्षण का लागी महत्व पुर्ण भुमीका खेल्दै आएको छ ।


 उपमहानगरपालीका उप प्रमुख सुसीला मिश्र भटटले कला सस्कृती हामी सबैको पहिचान भएकोले यस्को जर्गेना का लागी उपमहानगरपालीकाले कुनै कसरी बाकी नराख्ने बताईन । धनगढी धनगढी उपमहानगरपालीका वडा नम्बर १२ मा मनाईदै आयको गौरा पर्व बुधबार समापन गरियको थियो ।


 धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु