थारु सांस्कृतिक संग्राहलयको स्थापना

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ ०४:४३

धनगढी । धनगढीमा थारु सांस्कृतिकको संरक्षण तथा सम्बद्र्धनका लागी थारु सांस्कृतिक संग्राहलयको स्थापना गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्राहलयको शुक्रबार उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पुराना गरगहना लगायत सामाग्रीहरु संग्राहलयमा राखिएका छ्न ।
संग्राहलयको उदघाटन गर्दै उपप्रमुख भट्टले थारु कलासंस्कृतीको जगेर्ना गर्न संग्राहलयले महत्त्वपूर्ण भुमिका खेल्नै भन्दै संग्राहलय हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जाती बारे विभिन्न जानकारी दिन सहयोग पु¥याउने बताइन । उनले संग्राहलयले लोप हुदै गएको थारु संस्कृति संरक्षण तथा सम्बद्धनमा महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिईन् ।

कार्यक्रममा नगर प्रमुख नृप बहादुर वडले ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्राहलय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताए ।

उनले धनगढी बजारबाट नजिकै रहेको संग्राहलय हेर्न आउने बाताबरण बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै पटेला गाउँमा होमस्टे निर्माणका लागि उपमहानगरपालिकाले पहल थाल्ने बताए । पटेला गाउँमा थारु संग्राहलयका अलावा अहिले थुप्रै विकास निर्माणका योजना अगाडी बढेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु