कर्णाली राजमार्ग : गाडी ओसार्दै ट्र्याक्टर

छिनोफानो   शनिबार ०२, असोज २०७८ ०२:५०

जुम्ला - कर्णाली राजमार्ग अन्तर्गतको सिम्लेखोलामा हिलोका कारण गाडी जाम हुँदा यात्रुले निक्कै सास्ती भाेग्नु परेकाे छ । 

सिम्लेखोलामा पुल निर्माण भए पनि कालोपत्रे नभएपछि हिलाे जमेका कारण गाडी पास हुन घण्टाैँ लाग्ने गरेकाे छ । लगातार हप्ता दिनदेखि गाडी जाम भएपछि यात्रु अलपत्र परेका छन्। ‍

उकालोमा गाडी पास हुन नसक्दा यात्रुहरुले दुई दिनभर कुर्नुपरेको ममता नेपालीले बताउनु भयाे । 

नेपालीले सोमवार सिम्ले खोलामा ३ घण्टापछि मात्रै आफूहरु चढेको गाडी पास भएको बताउनु भयाे । फाेन सम्पर्क समेत हुन नसकेका कारण खाना खाजाकाे व्यवस्था गर्न गाह्राे भएकाे उहाँले गुनासाे गर्नु भयाे। ​

निर्माण व्यवसायीले काम गरेनन् 

निर्माण व्यवसायीले समयमा काम नगर्दा याे क्षेत्रमा गाडी आवतजावतमा निक्कै कठिनाइ भएकाे छ। 

डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले याे क्षेत्रसहित दुई/तीन ठाउँमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले काम नगरिदिँदा समस्या भएकाे बताउनु भयाे । उहाँले कामकाे जिम्मा लिएका ठेकेदारलाई समयमा काम नसकिए कालाेसूचीमा राख्ने बताउनु भएकाे छ । 

ट्र्याक्टरले गाडी तान्दै

सिम्लेखोलासहित खल्लागाड, बाली जस्ता क्षेत्रमा पनि यस्तै समस्या रहेकाे छ । याे क्षेत्रमा दैनिक २० भन्दा बढी गाडी ट्र्याक्टर, डाेजरले तानेर पास गराउने गरेका छन् । ट्र्याक्टरले ​ओसारेबापत प्रति गाडी पाँच सय रुपैयाँ अशुल्दै आएका छन् । 

बाटो बिग्रेपछि औषधि बाेकेका आकस्मिक गाडीहरु समेत तीन घण्टा बढी जाममै थन्किने गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु