जनताकै भावना अनुसार ऐन कानून बनेका छन्: मुख्यमन्त्री भट्ट

छिनोफानो   आइतबार ०३, असोज २०७८ ०९:३१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्य मन्त्री भट्टले  प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे । 

संविधानले सबै प्रकारका विभेदको  अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने मुख्य मन्त्री द्धारा जारी विज्ञप्तिमा भनिएको छ  ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु