यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

छिनोफानो   बुधबार ०६, असोज २०७८ ११:१६

आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.०८ र खरिद मूल्य ११७.४८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको मूल्य तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री मूल्य १३८.५८ र खरिद मूल्य १३७.८८ रुपैयाँ कायम भएको छ ।यसका साथै, एक पाउण्डको बिक्री मूल्य १६१.६२ र खरिद मूल्य १६०.७९ तथा अष्ट्रेलियन डलरको बिक्री ८५.८१ र खरिद ८५.३७ रुपैयाँ तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.४१ र खरिद मूल्य ८६.९६ तथा १० जापानी येनको बिक्री १०.७८ र खरिद १०.७३ रुपैयाँ कायम भएको छ ।यसैगरी, चिनियाँ युवानको बिक्री १८.२६ र खरिद १८.१७ तथा साउदी रियालको बिक्री ३१.४९ र खरिद दर ३१.३३ रुपैयाँ कायम भएको छ भने कतारी रियालको बिक्री ३२.४३ र खरिद ३२.२७ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री दर ३२.१५ र खरिद दर ३१.९८ रुपैयाँ तथा मलेसियन रिंगिटको बिक्री दर २८.२२ र खरिद दर २८.०८ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु