सुनचाँदीको मूल्य बढ्यो

छिनोफानो   सोमबार १२, चैत २०८० १२:३०

काठमाण्डौ – सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज  दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको  १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु