धनगढी । पछिल्लो समय भारतको बेङ्ग्लोरमा नेपालीहरुका घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन । बेङ्ग्लोरमा कतिपय नेपालीहरुको अराजक गतिबिधीले राम्रो सँग काम गर्ने नेपालीहरु लाई समेत मुख छोपेर हिड्न परिरहेको छ । दिन प्रतिदिन बढिरेहेका घटनाहरुले बेङ्ग्लोरमा काम गर्ने नेपालीलाई कस्तो समस्या परिरहेको छ भनेर आज हामीले अछाम घर भई हाल बेङ्ग्लोरमा रोजगारी गर्दै आउनु भएका बम बहादुर रावत सँग कुराकानी गरेका छौ ।
नमस्कार छिनोफानो बहसमा यहाँ लाई स्वागत छ ।
धन्यवाद नमस्ते पवन जी
प्रवासमा हुनु हुन्छ प्रवासको बसाई कस्तो छ ?
ठिक छ हजुर प्रवास बसाई आफ्नै जन्मभूमि गाउँ ठाउँ जस्तो छ त भन्न सकिने स्थिति हुँदैन पवन जी । फेरि पनि मजबुरीका नाम महात्मा गान्धी हाम्रो देश को लथालिङ्ग र स्वार्थी राजनीतिले गाउँ तिर बस्ने परिस्थिति पनि नाइँ हेर्नुहोस ।
हाल कुन ठाउँमा हुनुहुन्छ प्रवासको ?
हजुर म करिब १५ मैना जति भयो, भारतको कर्नाटक प्रान्तको बेंगलोर सिटीमा छु ।
बेन्ङलोर भन्ने बित्तिकै पछिल्लो समय नेपालीहरूको छाडापनबाट बढी प्रख्यात भयो भन्ने छ । खासमा के हो ?
सञ्जाल मा हेर्दा साह्रै गनाएकै छ पवन जी । तर म बेंङगलोरको कतिपय ठाउँमा काम विशेषले घुम्दै जाँदा मैले बुझे अनुसार बेंङगलोरमा हाम्रो देश को उनाकुना को मान्छे यता रहेनछन् । रोजगारीकै सिलसिलामा यति मध्येका कोही आपराधिक चिन्तन, आनिबानी बिग्रेका हो । यस्ता आपराधिक आफ चिन्तन र आनीबानी बिग्रेकै कारण बेंङग्लोरमा छाडापन बढी भन्ने छ । राम्रो मान्छे बसेँको ठाउँ त त्यस्तो केही छैनन । फुरचा्हरू आफ्नो जात जनाउने र त्यसै यताका पत्रकार भनाउँदा र अन्य दाजु भाइ पनि संजालमा झन् सेयर गरि भाइरल बनाउने भए पवन जी ।
बेङ्ग्लोरमा दैनिक रूपमा घटना हरू घटिरहेका छन । कसैकी श्रीमती कसैले भगाउने कोही देशी सङ्ग भाग्ने यस्ता घटनाले अन्य नेपालीलाई कस्तो असर पारेको छ ?
हजुर पवन जी मैले अगाडि पनि भनी सकेँ । बानी बिग्रेकाहरू आपराधिक चिन्तन भएकाहरू कुलतमा फसेकाहरू एकले गर्दा सयौँको नाक जानेँ ।तर मैले अहिले सम्म प्रस्ट जोई भगायो अलिनो फलानो भएको भन्ने कुरा तपाईँले सञ्जालमा सुनेँ झैँ देखेँ मैले पनि तेहि हो प्रस्ट देखेको छैन पवन जी ।
बेङ्ग्लोरमा नेपालीहरूको समस्यामा आवाज उठाउने संघ संस्था छैनन् र ?
छन् त छन् हजुर छोटोमा भन्दा वास्तै नगर्ने र आफ्नो स्वार्थ को लागि गर्ने मात्र ।
छन भने उनीहरू किन मौन छन् त रु नेपालीहरूको छाडा पन ले बेजत्र् िभई सक्दा पनि ?
हजुर खास कुरा त मैले यस्ता कुरामा अभियान नै सञ्चालन गर्ने निर्णय गरेँ र केही दाजु भाइ दिदी बैनी सम्बन्धित निकाय सँग परामर्श लिँदै गर्दा आपराधिक चिन्तन र इज्जतै नभएकाहरू काम् राम्रो काम गरूँ भनेँ ठिक मान्छन् त, ठुलो भैगो भन्ने सोच राख्ने झन् उल्टो सोच्ने को जमात बढी देखियो । मान्नेले मानी दियो बुझ्ने ले बुझी दियो भने सम्बन्धित निकाय र संघ संस्थालाई पनि सहजीकरण गर्न सजिलो हुने तर खासमा संघ संस्था सम्बन्धित निकाय ले राख्ने जति सरोकार नराखेको मैँ ले भेट्टाएको छु पवन जी
पछिल्लो समय सामाजिक सञ्जालका कारण नै यस्ता घटना वृद्धि र बाहिर आउन थालेका हुन कि रु पहिले पनि यस्तै थियो ?
अहिले घटना बाहिरिनु र भाइरल हुनु कै कारण सामाजिक सञ्जाल प्रमुख हो हजुर । यताउति बुझ्दै जाँदा मैँ ले पहिला यस्तो थिएनन् भन्ने बुझ्न पाए पवन जी
भारतमा कतिपय साना तिना घटना फेसबुकमा पत्रकार हु भन्दै भिडियो पोस्ट गर्नाले कतिपयको सामान्य झगडा समेत ठुलो हुँदै डिबोस सम्म भएका घटना हरू पनि छन भन्ने छ के हो ?
यता को पत्रकार हुन् र पवन जी यी त दलाल देखासिकी गर्ने,बाला हुन् पत्रकार को राम्रो सँग परिचय परिभाषा दिन नसक्ने पत्रकारिता समन्धि एक अध्याय पनि अध्ययन नगरेका कसरी पत्रकार हुँने पवन जी यता का पत्रकार नभएर आफ्नो जोहो कसरी हुन्छ तेता तिर ध्यान दिने पत्रकार हुन् त हजुर।यता पत्रकार भयाका हुने नानाको ठुलो बनाउने भया श्रीमान् श्रीमतीको सामान्य झैझगडा भया पनि ताताई रिसमा यताका पत्रकार लाई जानकारी गराउने भया पत्रकार दाइ भाइ तेस्लाई अजिङ्गर बनाउने भया र संजालमा भाइरल हुँदै रहने भयो र यस्ता खबर हाम्रो अरू निका भनिएका राम्रो मान्छे पनि सेयर गर्ने भएँ र पछि लाजै ले डिभोर्स भएका घटनाहरू मैँले पनि सुनेको मात्र पवन जी
पत्रकार भन्दै अनावश्यक भिडियो पोस्ट गर्नेलाई नेपाली सघ गठनले कारबाही किन गर्न नसकेको होला ?
सङ्घसंस्था नै आफैँ मा कमजोर भएकै कारण अरू के भनौँ पवन जी१ जब रक्षक नै भक्षक भए पछि के हुन्छ र हजुर
के गर्दा बेङ्लोरमा नेपालीहरूको घटनामा कमी आउला जस्तो लाग्छ ?
राम्रो मान्छे,नीति विधिमा रहेको मान्छेले संघ संस्था,यताका राजनीतिदल सबै एकै ठाउँमा आएर छलफल समन्वय गरि एक साथ जनचेतना सहित अभियान लामै समय सम्म चलाए केही रोकथाम गर्न सकिन्थ्यो भन्ने लाग्छ मलाई पवन
अन्त्यमा तपाईँको भनाई के छ ?
हजुर अन्तमा बेंगलोर मा बस्ने हामी सबै नेपाली हौँ। हामी वीर गोर्खाली का सन्तान हौँ हाम्रो सानमान छ, हामी हाम्रो इज्जत आफैँ बचाउ, कुलतमा नजाऊ विकृति को अन्त्येष्टि गरौँ भन्न चाहन्छु र विशेष गरि मलाई पवन जी हजुर ले माया गरि हजुर को यो लोकप्रिय छिनोफानो बहसमा कार्यक्रममा बेंगलोर को बारेमा मैले बुझे अनुसार को बस्तु स्थिति राख्ने अवसर प्रदान गर्नु भएको मा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु
हवस् धन्यवाद
प्रतिकृया दिनुहोस