पवन भण्डारी,धनगढी । अछामको मंगलसैन नगरपालिका वडा नम्बर १० का वडा सदस्य पार्वती रावल वडा कार्यालयको बैठकमा उपस्थीत नभएको करिब एक बर्ष भयो । २०७९ को स्थानियतहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी रावल एक बर्ष सम्म जनताको घरदैलो या त बैठकमा कतै पनि देखियकी छैनन् । बिरामी भएको भन्दै उनि भारत गएकी थिईन ।
सामान्य चेकअपका लागी भारत गएकी रावल एक बर्ष सम्म फर्केकी छैनन् । ्वडा नम्बर १० का वडा अध्यक्ष जनक कुवरले पार्वती रावल बिरामी भएको भन्दै गएको बताए । उसो त पार्वती रावललाई बर्षौ सम्म उपचार गर्नु पर्ने कुनै रोग नलागेको वडा नम्बर १० का एक स्थानियले बताए । उनले भने उहाँ रोजगार कै सिलसिलामा जानु भएको हो फर्किनु भएको छैन । तर मंगलसैन नगरपालिकाले उनले पाउने मासिक सेवा सुबिधा उनको खातामा जम्मा गर्दै आएको छ ।
यस्तै अछामको मंगलसैन नगरपालिका वडा नम्बर ७ का वडा सदस्य गोकर्ण ढुंगाना पनि बिगत ५ महिना देखि भारतमा रहेका छन । उपचार गर्ने भन्दै भारत गएका ढुंगाना बिगत ५ महिना देखि वडाको कुनै पनि बैठकमा उपस्थीत छैनन । २०७९ को स्थानियतहको निर्वाचनमा निर्वाचित भएका ढुंगाना प्राय भारतमै बस्ने गरेका छन । बर्षमा एक महिना दुई महिना आउने वडाको बैठकमा बस्ने पछि फेरी भारत नै गई हाल्ने गरेको स्थानियहरु बताउछन । तर वडा अध्यक्ष राज बहादुर शाहीले भने ढुंगाना उपचारको लागी भारत गएको बताए । उनले भने मलाई हिजो बिरामी पुर्जा पठाउनु भएको छ । उनि असोजमा बिरामी भन्दै गएका हुन फर्केका छैनन् उनले भने । ढुंगानाले असोज भन्दा पहिले पनि भारतमा लामो समय रोजगार गर्दै फर्केैको स्थानियको भनाई छ ।
वडा नम्बर १४ का वडा सदस्य डिक्रा दमाई पनि बिरामी भएको बहानामा भारत गएको ७ महिना भयो । उनि वडाको ७ महिना सम्म कुनै पनि बैठकमा उपस्थीत छैनन् । बिरामी भए भनेर गएकी दमाईको सेवासुविधा पनि नगरपालिकाले उनको खातामा जम्मा गर्दै आएको छ । वडा अध्यक्ष सिब बहादुर सोडारीले दमाई बिरामी भएर गएको बताए । ७ महिना भयो उनि गएको बिरामी भएर उहाँको श्रीमान सँग उपचारको लागी जानु भएको हो आउनु भएको छैन उनले भने ।
तेस्तै वडा नम्बर १ का वडा सदस्य गंगा थापा पनि आठ महिना देखि वडा कार्यालयको बैठकमा उपस्थीत छैनन् । उनिले बिरामी भएको भन्दै आफनो परिवार सहित भारत गएको तर हाल आफु सँग कुनै पनि सम्पर्कमा नरहेको वडा अध्यक्ष लोकराज नाँथले बताए । आठ महिना भयो आउनु भएको छैन कस्तो बिरामी हो खै कुनै जानकारी नै छैन उनले भने । तर थापाले पनि वडा बाट पाउने सेवासुबिधा भने पाउदै आएका छन ।
मंगलसैन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सोडारीले हाल सम्म कुनै पनि वडा सदस्यले बिरामी बिदा भनेर वडामा निबेदन नदिएको बताए । उनले भने “एक जना वडा नम्बर ७ की वडा सदस्यको केहि दिन अगाडी मात्र बिरामी बिदा निबेदन आएको र अन्य कसैको पनि निवेदन नआएको बताए ।” उनले भने उनिहरु उपस्थीत छन छनैन त्यो बारे हामीलाई जानकारी हुदैन वडाले कुनै जानकारी दिएको छैन । उनिहरुले नगरबाट पाउने असोज सम्मको सम्पुर्ण सेवासुबिधा उनिहरुको खातामा गईसकेको बताए ।
प्रतिकृया दिनुहोस