सुदूर पश्चिम प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक;

  शनिबार १९, भदौ २०७८ ०३:४३

धनगढी , भाद्र १८ ,
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ । योजना आयोगका माननिय उपाध्यक्ष केशर बहादुर साउदले धनगढी स्थित आयोगको कार्यलय मा पत्रकार सम्मेलको आयोजना गरि उक्त दिग्दर्शन सार्वजनिक गरिएको हो । आयोगले बिभिन्न सरोकारवाला निकाय संग को अन्तरकृया र छलफल गरेर योजना तर्जुमा दिग्दर्शन तयार पारेको योजना आयोगका उपाध्यक्ष साउदले बताए । दिग्दर्शन भित्र आवधिक योजना निमार्ण , मध्यमकालीन खर्च संरचना, योजना बैकिङको प्रक्रिया , वार्षिक कार्यक्रम र योजना छनोट निश्चित मापदण्ड लगाएतका बुदा समावेश गरिएको आयोगका उपाध्यक्ष साउदले जानकारी गराएका छ्न ।
दिग्दर्शन लागु भएपछी आउने योजनाहरु सिधै जनअनुमोदित , जनता तथा जनप्रतिनिधीहरुको प्रत्यक्ष संलग्नतामा  योजनाहरु छनोट गर्नुपर्ने र योजना  छनौट गर्दा हचुवा,भनसुन पहुचको आधारमा नभई निश्चित मापदण्डको आधारमा योजना ल्याउन दिग्दर्शनले मद्दत गर्ने  उपाध्यक्ष साउदले बताए । साथै यसरी आउने योजना प्रतिफलमुखी रहने समेत वहाँले जानकारी गराउनु भयो । योजना छनोट गर्दा  समावेशीता, प्राथमिकता र आवश्यकताको आधारमा  छनोट गर्नु यसले सहयोग गर्ने उपाध्यक्ष साउद ले जानकारि दिनु भएको छ ।
दिग्दर्शन कार्यानयन  गर्नसके प्रादेशिक बिकासले निकै फड्को मार्ने सांउदले बिश्वस्त व्याक्त गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु