प्रवासी नेपाली संघ राजकोटको नगर अधिवेशन सम्पन्न,अध्यक्षमा भण्डारी चयन

पवन भण्डारी   सोमबार १४, साउन २०८१ १२:०८

धनगढी । प्रवासी नेपाली संघ राजकोटको नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।  नगर कमिटी उपाध्यक्ष अर्जुन बिकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघका केन्द्रीय सदस्य एवम् गुजराँत राज्य इन्चार्ज टेक बहादुर रावल रहनु भएको थियो भने विशिष्ट अतिथि प्रवासी नेपाली संघका केन्द्रीय सदस्य रमेश परियार रहनु भएको थियो ।

कार्यक्रममा अन्य अतिथश्हरुमा नेपाली जनजागृति समाजका अध्यक्ष विक्रम टमट्टा, प्रवासी नेपाली संघ राज्य सदस्य रामु सिंह बिक , राज्य सदस्य निशा सिंह ठकुरी, नगर इन्चार्ज टेक बहादुर परियार , पुरन परियार महिला विभाग अध्यक्ष सीमा बिक ,भारत भारती महिला बिभाग प्रमुख लक्ष्मी देबि मिश्रा ,ब्यावसायी मोती धामी, क्रेटिभ युथ क्लबका प्रकास परियार, मुर्बिनगर सल्लाहकार बिमल राज जोशी मुर्बिनगर अध्यक्ष पदम भोटेल,नागेश्वर प्रारम्भीक अध्यक्ष भक्त मलाती लगायतका अतिथि रहनु भएको थियो । सो भेलाले राम प्रसाद भण्डारी को अध्यक्षमा २१ सदस्यीय नगर कमिटी  गठन गरेको छ । 

नगर कमिटी   उपाध्यक्षमा अर्जुन बिक ,सचिवमा दिलीप परियार, उपसचिवमा टंक बिक र गणेश अयडी, आर्थिक बिभाग प्रमुखमा बालाराम महतरा,सदस्यहरूमा पुरन परियार,सागर,परियार ,फक्कीर रावल, लक्ष्मी महतरा,स्मीता टमट्टा, हिक्मत परियार, रेखा बिक,कविता बिक , सरिता परियार ,दुधकला परियार गीता शाही ठकुरी, र स्नेहा  भट्टराई पाठक सदस्य निभा अधिकारी स्नेहा  भट्टराई पाठक समिता टमट्टा लगायतका सदस्य रहेका छन । साथै भेलाले भीम परियारको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जस्मा सदस्यहरू विक्रम सिंह टमट्टा, रिदम सोनी,रिमा चन्द ठकुरी रहेका छन । साथै कार्यक्रममा बाल कलाकार दिव्या सिंह ठकुरी र लक्ष्मी परियार र गायक राम प्रसाद भण्डारीको साङ्गीतिक प्रस्तुति रहेको थियो । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम प्रसाद भण्डारीले भारतमा रहेर अध्यायन गरिरहेका बालबालिकाहरूलाई कापी कलम तथा एकल महिलाहरू लाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । अध्यक्ष भण्डारीकी जीवन सङ्गिनी दिला भण्डारीले बालबालिकालाई कापी कलम हस्तान्तरण गरेकी थिइन । 

अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष भण्डारीले आफूले सङ्गठनलाई मजबुद बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए । उनले भने मैले सङ्गठनको जिम्मेवारी काँधमा लिएको छु म आफूले सके सम्म सङ्गठनको काम कर्तब्यबाट विमुख हुने छैन ।  आइतबार भएको सो भेलाको सञ्चालन नगर सचिव दिलीप परियारले गर्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु