साँफे–मार्तडी सडक अवरुद्ध

छिनोफानो   बुधबार १६, साउन २०८१ ११:५६

बाजुराको साँफे मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकअन्तर्गत बडिमालिका नगरपालिका –६ स्थित नुनेपानी सडकमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मार्तडीमा सुचारु हुँदै आएका सवारी साधन अहिले बिचबाटोमा रोकिएपछि सदरमुकाम मार्तडी जान निकै समस्या भएको यहाँका स्थानीयले बताएका छन् ।

गत रात्री अबिरल वर्षातका कारण नुनेपानी सडकको माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएको खवर प्राप्त भएपछि अहिले बिहान सो सडकमा गएको पहिरो पन्छ्याउन डोजर पठाइसकेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीे बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले डोजर त्यस ठाउँमा पुगेर पहिरो पन्छाउने काम सुरु गरिसकेको छ ।”

अबका केही समयपछि अवरुद्ध भएको सो सडक पुन सुचारु हुने सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर  गिरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु