अझै कालोपत्रे हुन सकेन भातकाँडा-बडाल-रेल सडक

छिनोफानो   बुधबार १६, साउन २०८१ ११:५८

भातकाँडा-बडाल-रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८-२०७९ मा ठेक्का सम्झौता भए पनि सडक कालोपत्रे हुन सकेको छैन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका-१, रुवाखोला भएर भातकाँडा-बडाल-रेल सडकको काम ठेकेदारको चरम लापरबाहीले यो सडक खण्ड कालोपत्रे हुन सकेको छैन । यस भन्दा अगाडीको सडक खण्ड भने कालोपत्रे भइसकेको छ ।

२०५२ सालमै ट्र्याक खोलिएको उक्त सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेलधुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । 

२६ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर गौरव धामीका अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरी ठेका सम्झौता भए पनि यो समय भित्र काम सुरु नै नगरिएको उहाँले बताउनुभयो । 

गत वर्ष मात्रै कटिङ र पर्खाल लगाउने काम ठेकेदारले गरेर म्याद थप गरेको छ । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप भएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका सञ्चालक रघुवीर साउदले गत वर्ष सडक कटिङ र पर्खाल लगाउने काम गरे पछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । म्याद थप गरेपछि भने ठेकेदार बेपत्ता भएको उहाँले बताउनुभयो । गएको वैशाख महिनामा म्याद थप गरे पछि ठेकेदार काम ठप्प पारेर बेपत्ता भएको स्थानीयको गुनासो छ । 

उक्त साढे चार किलोमिटर सडक खण्ड भन्दा अगाडी कालोपत्रेका लागि २०७९ असोज महिनामा एस.के.तेडी कालिका जेभीसँग ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्ड भने कालोपत्रे भइसकेको छ । साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसारको सडक खण्ड कालोपत्रे भइसकेको उहाँले बताउनुभयो । 

यस्तै, उक्त सडक खण्ड भन्दा पनि अगाडी साढे तीन किलोमिटर सडक खण्ड कालोपत्रेका लागि एस.के. भवानी कम्पनीसँग साढे पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । २०८० असोज महिनामा भएको ठेक्का सम्झौतामा २०८१ असार मसान्त भित्र काम सम्पन्न गर्नुपर्ने थियो । सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

यस सडक खण्डको करिब नौ किलोमिटर सडक कालोपत्रे भए पनि सुरुको भातकाँडा बजार भन्दा अगाडीको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे हुन नसक्दा स्थानीयलाई सास्ती छ । रुवाखोलाबाट तरकारी, दुग्ध जन्य परिकार, खसी, बोका बजारसम्म पुगाउन सास्ती हुने गरेको स्थानीय केशव महताले बताउनुभयो । सडक कालोपत्रे नहुँदा रुवाखोलाका सयौँ स्थानीय बजारसँगै औषधी उपचारका लागि जिल्ला सदरमुकाम डडेलधुरा आउजाउ गर्न निकै कठिनाइ हुने गरेको उहाँको गुना

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु