उडि रहेको बिमानमा युवकले एयर होस्टेजलाई जिस्काएपछि ........

छिनोफानो   बुधबार १६, साउन २०८१ ०१:३३

धनगढी । एयर होस्टेजमाथि दुव्र्यवहार गरेको आरोपमा धनगढी विमानस्थलबाट एक युवकलाई पक्राउ परेका छन । 
श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेज माथि दुव्र्यवहार गरेको आरोपमा कैलालीका गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई पक्राउ परेका हुन ।

मंगलबार साँझ ४ बजेको काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेज माथि दुव्र्यवहार गरेको आरोेपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  काठमाडौंबाट उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो । 

उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको जनाइएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु