त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजीका लागि चीनसँग सहयोग माग्ने तयारी

छिनोफानो   बुधबार १६, साउन २०८१ ०४:३०

काठमाण्डाै – सरकारले त्रिशूली नदीमा हराएका दुई वटा बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी गरेको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार खोजीका लागि औपचारिक रूपमा चीन सरकारसँग आग्रह गर्ने तयारी भइरहेको छ ।

यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतसँग सहयोग मागेर टोली परिचालन गरिएको थियो । तर बस र ३८ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । भारतीय प्राविधिक टोली फर्किसकेको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्म भुसालले नेपालमा रहेको चिनियाँ दूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र औपचारिक रूपमा पत्र नै पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।

मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको सिमतालमा गएको असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा रहेका ६५ यात्रुमध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए । अहिलेसम्म २४ वटा शव फेला परेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु