सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

छिनोफानो   बिहिबार १७, साउन २०८१ ०८:०७

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् ।

चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् ।

 

मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको छ । सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु