मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिनु हुने

छिनोफानो   शुक्रबार १८, साउन २०८१ १२:०६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिनु हुने भएको छ । 

सङ्घमा सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । उहाँले विश्वासको मत लिनका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

अल्पमतमा देखिनुभएका सोडारीले सदनबाट विश्वासको मत पाउन नसकेमा उहाँ नेतृत्वको सरकार स्वतः ढल्नेछ । सुदूरपश्चिम प्रदेशमा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले यो प्रदेशमा मुख्यमन्त्रीको रूपमा काम गरेको तीन महिनाभन्दा बढी भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु