सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

छिनोफानो   शुक्रबार १८, साउन २०८१ ०५:५४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु