प्रधानमन्त्री ओलीद्वारा पाेखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

छिनोफानो   शनिबार १९, साउन २०८१ १२:००

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यानमा राखेर दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विकल्प र उपायसहित वातावरण बनाउन निर्देशन दिनुभयो ।

ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याए सरकारले तालिकामा राखेर अगाडि बढाउने पनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले यात्रु सेवा शुल्कमा कर लागेको भए घटाउने, पर्यटन कर नराख्नेलगायत विषयमा सम्बन्धित मन्त्रालय र निकायबाट गर्नुपर्ने भए गर्दै गर्न, मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए मन्त्रिपरिषद्को अबको बैठकमा योजना ल्याउन पनि आग्रह गर्नुभयो ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने गरी गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु