नेपाल भ्यालुयर्स एशोसिएसन सुदूपश्चिमको दोस्रो अधिबेशन सम्पन्न,बिपिन बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिती गठन

पवन भण्डारी   बुधबार २६, भदौ २०८१ ०८:४७

धनगढी । नेपाल भ्यालुयर्स एशोसिएसन सुदूपश्चिम प्रदेशको दोस्रो अधिवेशन नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । एशोसियसन सुदुरपश्चिमका अध्यक्ष भास्कर चटौतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी एसोसिएसन का केन्दिय अध्यक्ष ऋषि कोईराला  रहनु भएको थियो ।

बुधबार धनगढीमा सम्पन्न अधिबेशनले बिपिन बिष्टको  अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको छ । समितीको उपाध्यक्षमा रबिन्द्र बिष्ट,सचिबमा खगेन्द्र अवस्थी,कोषाध्यक्षमा राजकुमार खड्का,सदस्यहरुमा डम्मर बहादुर साउद,राजन चौधरी,धर्मेन्द्र सिह,राकेश सिह भाट र जयराज जोशी रहेका छन ।

साथै नवनिर्बाचित समितीको आजै बसेको बैठकले निवर्तमान कार्यसमितिलाई धन्यबाद ज्ञापन गर्दै बिदाई समेत समेत गर्ने निर्णय गरेको छ । भेलामा सुदुरपश्चिम भरिका ईन्जिनियरहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु