बैतडीमा पिङ खेल्ने क्रममा डोरी बेरिएर बालकको मृत्यु

छिनोफानो   बुधबार १०, पुष २०८१ ०१:५३

बैतडी : बैतडीमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ। 

 

 

जिल्लाको दशरथचन्द नगरपालिका–ग्वाल्लेकका १४ वर्षीय सन्दिप भनिने सन्तोष जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घर नजिकै बाख्रा चराउन गएका सन्तोष पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर बेहोस भएका थिए। 

बेहोस भएका जोशीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु