१७ वर्षमूनीको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपालले भारतसँग खेल्दै

छिनोफानो   शनिबार १२, असोज २०८१ ०९:५०

काठमाण्डौ – १७ वर्षमूनीको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपालले भारतसँग खेल्दैछ । खेल भुटानको थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

समूह चरणको तीन खेलमा दुई जीत र एक हारसहित नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित हुँदा नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० गोलले र तेस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ गोलले हराएको हो ।

यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो । उसले फाइनलमा पुग्न समूह ‘ए’ को उपविजेता बङ्गलादेशसँग खेल्नेछ । यो खेल बेलुका पौने ६ बजे शुर हुनेछ । फाइनल खेल पर्सि हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु