सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट रहात लिएर बाढी पहिराे प्रभावित क्षेत्रमा जाँदै

छिनोफानो   शनिबार ०६, कार्तिक २०७८ ०३:५३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट रहात लिएर बाढी पहिराे प्रभावित क्षेत्रमा जाँदैछन् । हालैकाे बर्षाले निम्त्याएकाे बाढीपहिराे र डुवान प्रभावितहरुलाई सुदूरपश्चिम सरकारले राहत उद्दार तथा व्यबस्थापनमा २५ कराेड छुट्टाएर आजदेखि रहात बाँड्न सुरु गरेकाे हाे ।

यसअघि जाेखिम न्यूनिकरणमा विपद् प्रारम्भमै आन्सिकरुपमा केही राहत सामाग्री बाँडेकाे सरकारले क्षतीकाे विवरण आउदै गर्दा आज शनिबारदेखि पूर्ण प्याकेजकाे रहात बाँड्न थालेकाे हाे । ‘आज हेलिकोप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डाेटीकाे आदर्श गाउँपालिका बैतडीकाे ढुङ्गाड र बझाङकाे थलारा लगायतका अतिप्रभावित स्थानमा राहत सामग्री पठाईदैछ, मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँबर (प्रख्यात)ले रहात पुराएपछि सम्बद्ध सरकारी टीमकाे नेतृत्व गर्दै मुख्यमन्त्री भेली आइतवार प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ ।’  उनले सडक भत्केर यातायात बन्द भएका जिल्लामा ईन्धन तेलकाे अभाव भएकाले त्याे पनि आपुर्ति गर्नेतर्फ मुख्यमन्त्रीले पहल गरिरहेकाे जानकारी दिए ।

सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर हेलिकप्टर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणकालागि मन्त्री जोशीले यसअघि प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरिसकेकी छिन् । विगतमा आ-आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक-पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या देखिएको भन्दै मन्त्री जोशीले यसबेला सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्नेमा जोड दिइन् । “वास्तविक पिडितले राहत पाउनुपर्छ नी टाठा बाँठाले पटक पटक पाउने सोझो पिडितले एक पटकपनि नपाउने घटना धेरै सुनिएका छन् ति घटना यसपालि हुन नदिन एकद्वार प्रणालीबाट राहत वितरण गरिने छ ।”

मन्त्री जोशीले भनिन्, “अब सरकारसंग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ । ‘रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसलेनै दिएको हो भन्छौँ, अन्य जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रस्ट जनतालाई भनिदिन्छौँ मात्र एकद्वार प्रणाली भए सबैले पाउने र सहजपनि हुने भएकाले प्रदेश सरकार एकद्वार प्रणालीकाे पक्षमा रहेकाे हाे ।’

सुदूरपश्चिम प्रदेशमा गत आईतबारदेखि आएको बाढी पहिरोमा परि ४३ जनाको ज्यान गएको छ, भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् । भने कर्यौ घर परिवार विस्तापित भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु