कांग्रेस पूर्व क्षेत्रीय सदस्य तिमिल्सैना ७ दिन देखि बेपत्ता

छिनोफानो   आइतबार ०७, कार्तिक २०७८ ११:१५

अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य रेशम राज तिमिल्सैना बेपत्ता भएका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ घर भएका पूर्व क्षेत्रीय सदस्य तिमिल्सैना ७ दिन देखि बेपत्ता रहेका उनका दाजु बेदप्रकाश तिमिल्सैनाले बताए।

कार्तिक ३ गते मंगलसेनबाट गैरिटाड गएका उनि त्यहि ठाउँमा २ दिन सम्म बसेका बुझिएको छ । उनी चढ्ने मोटरसाइकल गैरिटारमा रहेको र उनी भने ७ दिन देखि सम्पर्क बिहिन भएका पारिवारिक श्रोतले बतायो।

तिमिल्सैनाको परिवारले खोजिदिन प्रहरी संग आग्रह गरेको छ। उनकी श्रिमती ललिता देवकोटा तिमिल्सैनाले गैरिटार प्रहरी चौकीमा खोजिदिन निवेदन दिएकी तर प्रहरीले खोजिका लागि कुनै चासो नदेखाएको दुखेसो छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु