सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

छिनोफानो   आइतबार ०७, कार्तिक २०७८ ११:३१

कात्तिक । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक-एक छन्। यस्तै विपद्मा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा  एकरएक जना घाइते भएका हुन्। विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी ६० बढी बेपत्ता छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु