सर्लाहीका प्रजिअ सहित सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

छिनोफानो   सोमबार ०८, कार्तिक २०७८ ०२:३१

सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई पठाइएको छ भने नेपाल प्रहरीले प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरलाई हटाएर कृष्ण प्रसाईंलाई जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी बलका उपरिक्षक गंगारामलाई श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएर भरत खनियाँलाई पठाईएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु