मेची महाकाली जागरण अभियान भारत कर्नाटक राज्यको प्रथम भेला सम्पन्न

पवन भण्डारी   सोमबार ०८, कार्तिक २०७८ ०४:०६

धनगढी ः मेची महाकाली जागरण अभियान भारत कर्नाटक राज्यको प्रथम भेला सम्पन्न भएको छ । भेलाले एल बि धामीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भारतमा पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको मेची महाकाली जागरण अभियानले भारतका बिभिन्न ठाँउमा आफनो संगठन बिस्तार गर्दै आएको छ ।

भेलामा मेची महाकाली जागरण अभियान भारतका केन्द्रिय उपाध्यक्ष विनोद धामी प्रमुख अतिथी रहनु भएको थियो । भेला लाई सम्बमेधन गर्देै प्रमुख अतिथी धामीले भारतमा रहेका नेपालीहरुले एकजुट बनेर अगाढी बढ्नु पर्ने बताए । उनले प्रबासमा अझै पनि थुप्रै नेपालीहरुले दुःख पाईरहेको बताउदै सबैले एक जुट भएर समाधान गर्नु पर्ने बताए । 


भेलामा भारत स्थीत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको मेची महाकाली जागरण अभियान भारतका संरक्षक सुरेन्द्र बोहोराले जानकारी दिए । उनले मेची महाकाली जागरण अभियान भारतले नेपालीहरुको हक हितका लागी निम्न एजेन्डाहरु अगाढी सारेको बताए । कार्यक्रमको सञ्चालन हरिश धामीले गर्नु भएको थियो । 


मेची महाकाली जागरण अभियान भारतले अगाढी सारेका एजेण्डाहरु 
१  भारत स्थित प्रवासी नेपाली नागरिकहरुको सही तथ्याङ्क संकलन गर्न नेपाल सरकारले पहल गर्नुपर्छ ।
२  नेपाल भारत सीमा नाकाहरुमा नागरिक आवागमनको दैनिक तथ्याङ्क संकल प्रणाली अनिवार्य लागू हुनुपर्छ।
३  कुनै पनी रोजगार,व्यवसाय,अध्ययन वा विविध प्रयोजनको लागी भारतमा बस्ने हरेक“ प्रवासी नेपाली नागरिक सुरक्षा बीमा” लागू गरिनुपर्छ ।
४  भारत स्थित प्रवासी नेपाली नागरिकहरुमाथि घट्न आउने दैवीप्रकोप का घटना,विभिन्न आपत विपत र दुर्घटनाहरु को  आवश्यक क्षतिपूर्ति सहितको व्यवस्था हुनुपर्छ ।
५  भारतमा प्रवासी नेपाली नागरिकहरुले खप्नुपर्ने विभिन्न फौजदारी लगाएत अन्य सार्वजनिक मुद्दा मामिलाहरू को सन्दर्भमा नेपाल सरकारको उपस्थिति एबं रहोबर कायम गरिनुपर्ने। ता कि, नेपालीहरुलाई न्यायिक सहजता प्राप्त होस ।
६  भारत वा विदेशबाट नेपालीहरुले प्राप्त गरेको शिप, कला र विभिन्न अनुभवहरुको आधारमा  सरकारले “प्रवासी नागरिक रोजगार योजना ”लागु गर्नुपर्छ। ताकि विदेश बाट फर्केका नागरिकहरू को पनी देश बिकाश र समृद्धिमा टेवा पुगोस ।
७  भारत स्थित नेपालीहरूको अवस्था र आवश्यकता तथा हक र अधिकार अन्यत्र देशको भन्दा पृथक र विशिष्ट भएकोले भारत स्थित राजदूतावासको भूमिका समेत मा केही परिवर्तन गरेर प्रवासी नेपाली नागरिक अनुकूल र विशिष्ट बनाउनुपर्छ ।
८  कोभिड लगाएत अन्य संभावित महामारीहरु बाट प्रवासी नेपाली नागरिकहरुको सुरक्षा को लागी नेपाल सरकारले आफ्नु वैदेशिक नियोगहरु मार्फत विभिन्न कार्यक्रमहरू संगै आवश्यक बजेट विनियोजन गरिनुपर्छ ।
९  भारत विदेश हो कि होइन? यदि विदेश हो भने विभिन्न रोजगारीको लागी भारत आउने नेपालीहरु लाई “वैदेशिक रोजगारी” को रूपमा परिभाषित गर्नुपर्ने। र सरकारले नै तलबमान निश्चित गर्नुपर्छ ।
१०  देशको कुल मतदाताहरुको संख्या मध्ये झण्डै २० देखि ३० प्रतिशत नेपाली मतदाताहरु भारत लगाएत विदेशमा बस्न बाध्य हुनुपरेको ले प्रवासी नेपाली नागरिकहरुलाई आवश्यक प्रक्रिया पुर्याई सम्बन्धित मुलुकहरू बाटै भोट खसाल्ने  व्यवस्था गर्नुपर्ने। अर्थात् मुलुकको लोकतन्त्रमा प्रवासी नेपाली नगरीहरुलाई अनिवार्य सहभागी गराउनु पर्छ ।
११  देशको सामु निरन्तर लाखौं लाख को संख्यामा नेपालीहरुले प्रवासिनु पर्ने वाध्यता विद्यमान रहेकोले उनीहरूको इच्छा र आकांक्षा तथा आवश्यकता लाई मध्यनजर गर्दै देशको शासन प्रणालीमा प्रवासी नेपाली नागरिकहरु को प्रतिनिधित्व हुने गरी  आवश्यक समानुपातिक कोटा सुनिश्चित गरिनुपर्छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु