सेती प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि,एकको मृत्यु

छिनोफानो   मङ्गलबार ०९, कार्तिक २०७८ १२:२७

कात्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुनेमा कञ्चनपुरको लालझाँडी गाँउपालिका ४ की ५८ बर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु