बाजुराको त्रिवेणी नगरपालिकाका ग्रामीण सडक कालोपत्रे गरिँदै

छिनोफानो   बुधबार २३, माघ २०८१ ११:२५

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका नौ वटा वडामध्ये आठ वडा ग्रामीण सडकको पहुँचमा रहेका छन् । यहाँका स्थानीयको पहिलो प्राथमिकता ग्रामीण सडक भएकोले पालिकाले पनि सोही अनुसार नौ वटै वडा सडक सञ्जालमा जोड्दै आएको हो ।

सो क्रममा वडा नम्बर ९ का पैमा, ताम्सु, बागापाटा, मलालगाउँ, नुवाकोट वडा नम्बर ८ को पन्ताली, ढडाली, गिरीवाडा बम्वाडा, कालापानी, झाल्गाउँ वडा नम्बर–७ का कोसेडी, धाामीवाडा, मालाकोट, उखडेखोला, खिरपाटा लामागडा, वडा नम्बर ६ को वाडगाउँ, भाडवाडा, वाडगाउँ, जारगाउ, च्याउटाला, मिगी, पन्धराधारागाउँ गडीगाउँ, सिम, वडा नम्बर ४ पिपलसैन, जुकेपानी, गाग्रा, अयडीवाडा, ढोगदेना, दानवन, डाँडा, दामवन पारीघर, वडा नम्बर ३ को भण्डारीवाडा, धमेना, सिल्प्यालवाडा, दलित टोल, ठकुरी टोल, वडा नम्बर २ को छतारा, सिम्ला  बुडावाडा, सिग्नेकोट र वडा नम्बर १ को चौसाल, विशाल बजार, बुडावाडा, सल्लेरी, दलित टोल सडक सञ्जालको पहुँचमा छन् । 

त्रिवेणी नगरपालिका नौ वटा वडामा आठ वडाका सबै गाउँ सडक सञ्जालको पहुँचमा रहेको भए पनि वडा नम्बर ५ किम्नीमा अझै सडक पुगेको छैन । गाउँमा पुगेको कच्ची सडकले यहाँका स्थानीयलाई केही सहज बनाएको भए पनि बर्खाको समय ती सडक भत्किने गरेका छन् । 

कच्ची सडकले यहाँका स्थानीय गाउँमा उत्पादन गरेको तरकारी बस्ती बजारसम्म पुर्‍याउन निकै सहज बनाए पनि बर्खामा ती सडक अवरुद्ध हुने गरेकोले अहिले पालिकाले ती सडक बर्खामा पनि सञ्चालन हुने गरेर कालोपत्रेको काम सुरु गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ । 

विगतका केही वर्षदेखि यहाँ सडक पुर्‍याउने काम भएको भए पनि भौगोलिक विकटताका कारण अझै त्यहाँको गाउँमा सडक पुर्‍याउन नसकेको त्रिवेणी नगरपालिकाका नगर उपप्रमुख कमला न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “किम्नीको गाउँमा पनि  यो वर्ष सडक सञ्जालको पहुँचमा हुन्छ । त्यसका लागि अहिले हामीले निरन्तर काम गरिरहेका छाँै ।” 

यहाँका अन्य वडामा पहिला नै गाडी गुड्न थालेकोले अहिले ती सडकको कालोपत्रेका काम सुरु गरिएको हो । अहिले नगरपालिकाको चिरो प्वाइन्टदेखि तोलीसम्मको १५ सय मिटर सडकको कालोपत्रेको काम सुरु भएको छ ।

सङ्घीय सघन सहरीबाट १० करोड रुपियाँमा अहिले यहाँको नगरपालिकादेखि तोली जाने सडकमा झन्डै १५ सय मिटर कालोपत्रे र त्रिवेणी–९ को वडा कार्यालय निर्माण हुने नगर उपप्रमुख न्यौपानेले बताउनुभयो ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु