पवन भण्डारी ,धनगढी । भारतको राजकोटमा आयोजना गरिएको सत्य नारायण महापूजाको दलित दम्पतीद्धारा आरती गर्दै शुभारम्भ गरिएको छ । समाजमा अझै पनि जातीय विभेद कायम रहेका बेला सो महापूजामा सबै मानवहरू एउटै हौ भन्ने सन्देश दिन दलित दम्पतीद्धारा आरती गर्दै शुभारम्भ गरिएको हो । जातीय छुवाछूत र भेदभावलाई अन्त्य गर्दै भारतको राजकोटमा आयोजित सत्य नारायण महापूजा आइतबार सम्पन्न भएको थियो । प्रदेशीका कथा यात्रा अभियान समिति भारतको आयोजनामा भएको महापूजा आयोजना गरिएको थियो । महापूजामा भारतमा रोजगार गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरूको सहभागिता रहेको थियो ।
अभियानका संयोजक राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दलितका लागी दलित अभियान समितिका गुजरात राज्य अध्यक्ष मीन बहादुर चापागाईँ रहनु भएको थियो भने प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य रमेश परियार विशिष्ट अतिथि रहनु भएको थियो । दलित समुदाय माथिको जातीय भेदभावलाई,र रुढीवादी परम्परालाई चिर्दै सत्यनारायण महापूजाको दिपप्रजवल्न दलित अगुवाहरू बाट गराइएको समितिका संयोजक भण्डारीले बताए ।
माडब्य गोत्रमा जन्मिएका भण्डारीले जातीय छुवाछुत अन्त्य गर्न सबै सँग भाइचाराको सबन्ध स्थापित गर्नका लागी महापूजा आयोजना गरेको बताए । दलित समुदायलाई मठ मन्दिर मा पूजा गर्न र काँस कुशमा लाग्न नदिने परम्परालाई चिर्न आफूहरू जस्तो नयाँ पुस्ताले अन्त्य गर्नुपर्ने भन्दै आफूले दलित समुदायका नागरिकहरूबाट पूजा आरम्भ गराएको उनले बताए । हामीले व्याप्त रुढी बादी परम्पराको अन्त्य गर्न पर्छ भन्दै आयोजना गरेको पूजाले समाजमा जातीय विभेद गर्नेहरूलाई गतिलो प्रहार गरेको उनले बताए ।
आफ्नो ठुली आमा बितिएको १३ दिन नपुग्दै समाजको परिवर्तनको लागि दाजुभाइ इष्टमित्रहरूको आलोचना खेप्दै समाजको लागि त्याग तपस्या गर्दै कार्यक्रम सम्पन्न भएको भण्डारीले बताए ।
महापूजाको शुभारम्भ पुरन परियारको र उहाँको जीवन सगिनिको हातबाट पूजा शुभारम्भ गरेको बताउँदै पण्डित भूपेन्द्र प्रसाद रिमालले मन्त्र वाचन गर्दै महापूजा आरम्भ गर्नु भएको भण्डारीको भनाई छ । माघ २१ गते अछामको साँफेबगर नगरपालिको विद्यालयमा जातीय विभेद गरेको समाचार आइरहँदा र राजकोटमा रहेका नेपालीहरूले दलित समुदायका अगुवाबाट सत्यनारायण को पूजा गरेका थिए ।
नेपालमा अझै पनि दलित समुदायलाई यस्ता कार्यक्रममा पूजाआजा गर्न नदिने चलन रहेका बेला आफूहरूले सबै मानव एकै हौ भन्ने सकारात्मक सन्देश दिन महापूजा आयोजना गरेको भण्डारीको भनाई छ ।
शास्त्री दामोदर उपाध्यायले प्रवचन र पण्डित चुम्बक राज रेग्मीको र प्रदीप उपाध्याय को उपस्थित सुनिल बिक र उनको जीवन संगिनीबांट आरती गरिएको संयोजक भण्डारीले बताए ।
प्रतिकृया दिनुहोस