झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

छिनोफानो   बुधबार २३, माघ २०८१ ११:३२

झापा – झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरु चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि गोली चलाउनु परेको हो । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु