मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति खनाल काठमाडौंबाट पक्राउ

छिनोफानो   बुधबार २३, माघ २०८१ ०४:२४

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए । नेपाल प्रेसबाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु