कैलालीमा छोराको नागरिकता बनाउन पालो पर्खेर लाइनमा बसेकी एक महिलाको मृत्यु

छिनोफानो   बुधबार १०, कार्तिक २०७८ ०८:३५

कैलाली I कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको  घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु