कैलालीमा दुई पार्टीबीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा

छिनोफानो   बुधबार १०, कार्तिक २०७८ १२:००

कात्तिक । कैलालीमा एमाले र नेकपा (एकीकृत समाजवादी)बीच विवाद बढेपछि कैलाली प्रशासनले पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको नेकपा एमालेको पार्टी कार्यालयलाई प्रशासनले प्रहरीको सुरक्षा घेरामा राखिएको हो ।

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबिच भवन प्रयोग गर्ने विषयमा भएको विवादको सम्वन्धमा शान्ति सुरक्षामा प्रतिकुल अवस्था श्रृजना भएकोले धनजनको क्षति हुन नदिन प्रहरीले कार्यालय सुरक्षाको घेरामा राखेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

दुवै पक्षको सहमती नभएसम्म वा उपयुक्त व्यवस्था नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हाल उक्त भवनमा दुवै पक्षलाई प्रयोग गर्न नदिन सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो ।

सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ थप तनाव सिर्जना भएको थियो । त्यस्तै मंगलबार पनि तनाव सिर्जना कायमै रहेको थियो ।

कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी थिईन् । प्रशासनले सहमतिका लागि वातावरण जुटाउन नसकेको भन्दै उनले मंगलबार यस्तो अभिव्यक्ति दिएकी हुन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु