गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ ११:०८

 ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागि वीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका प्रवक्ता दिवस चोङवाङले जानकारी दिए । एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए । अन्य ६ जना सामान्य घाइते छन् ।

उनीहरुको उपचार भइरहेको चोङवाङले बताए । एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको छ । उक्त एम्बुलेन्स चैत्रमा भारतीय दूतावासले गाउँपालिकालाई दिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु