कञ्चनपुर प्रहरीले जुवाखालबाट ६२ हजार ७ सय ९० नगद सहित १० जना जुवाडे पक्राउ

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ ११:३०

कञ्चनपुर प्रहरीले जुवाखालबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्रबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरबाट जुवाडेहरुलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ६२ हजार ७ सय ९० नगद रुपैयाँ र ५२ पत्ति भएको तासको गड्डी १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

उक्त स्थानमा जुवातास भईरेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका १० जनाको नाम भने सार्वजनिक गरेको छैन। पक्राउ गरिएका सबैमाथि थप अनुसन्धान भइरहेको जनाईएको छ।

यस्तै, कञ्चनपुर प्रहरी टोलीले जुवातास नियन्त्रणकालागी यस आर्थिक बर्ष २०७८/०७९मा बिभिन्न समयमा कञ्चनपुरका बिभिन्न स्थानबाट जुवातास खेल्ने र खेलाउने ९५ जनालाई पक्राउ गरेको छ । साथै ११ वटा मुद्धामा नगद ८ लाख १४हजार ५ सय १० रुपैयाँ बरामद समेत गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु