महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर मृत्यु

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १२:२४

महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर ज्यान गएको छ ।

रजखोरबाट रामनगर जाँदै गरेका गौशाला नगरपालिका वडा नम्बर–४ रजखोरका २२ वर्षका अजय रानाको ट्याक्टरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका रानाको गए राती उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु