सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १२:२८

 मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक कटहरी गाउँपालिका–५ का २१ वर्षीय आशिष सरदारको मृत्यु भएको हो । आइतबार बिहान पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खसेको प्रहरीले जनाएको छ । सरदारको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु