दाङमा एक युवकको कुटपिट गरी हत्या

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १२:३२

 दाङमा एक युवकको कुटपिट गरी हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरुको लाठ्ठि र धारिलो हतियार प्रहारबाट पुन्को हत्या भएको हो । घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न रहेकाहरु सबै फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाबीच पहिलेदेखि मनमुटाव रहेको र शनिबार भेट भएपछि घटना घटेको पाइएको डीएसपी अर्यालले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु