सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ,९ जनाको मृत्यु

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ ०२:१८

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ। १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो।प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।


प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार जिल्ला अस्पताल सल्यानमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ ।‘यहाँ आठ जना घाइतेहरु ल्याएकोमा एक जनाको मृत्यु भएको छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु