ओली आज (सोमबार) विराटनगरमा

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:१४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जान लागेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली काठमाडौंबाट यति एयरको जहाज चढेर सोमबार बिहान ११ बजे विराटनगर जाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।

यस क्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता / कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन् । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुने उनको दाबी छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु