प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०१:२८

 प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) भारत भ्रमणमा जाँदै छन् । भारतका सेनाध्यक्ष मनोज मुकुन्द (एमएम) नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्माले कात्तिक २३ देखि कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधान सेनापति शर्मा इन्डोनेसियाद्वारा निर्मित आफ्नै कासा विमानमा भोलि मंगलबार बिहानै दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सेनापति शर्माको भारत भ्रमण टोलीमा बढीमा १५ सदस्य रहने बताइएको छ । तीमध्ये धेरैजसो सेनापतिको सचिवालयका सदस्य रहने छन् ।

प्रधान सेनापति शर्माले बुधबारतिर भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने सम्भावना छ । दुई देशबीच एकले अर्काेलाई यस्तो सम्मान गर्ने परम्परा लामो समयदेखि जारी छ । भारतको औपचारिक भ्रमण सकेर प्रधान सेनापतिको टोली कात्तिक २६ गते स्वदेश फर्किने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु