धनगढी । सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहिबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस