धनगढी । सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बिहीबार दिउँसोदेखि उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको बताइएको छ ।
यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत अझै पनि चिसो कम हुन सकेको छैन । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भएको छ ।
प्रतिकृया दिनुहोस