धनगढी । धनगढी उप-महानगरपालिका वडा न.१६ स्थित शिव माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिएको छ । हिमालयन लाइफ ईन्सोरेन्सको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका १ सय ७० जना विद्यार्थी लाई स्विटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हिमालय लाइफ ईन्सोरेन्स प्रा.ली सुदूरपश्चिम सहायक प्रमुख प्रमानन्द पन्त रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले हिमालयन लाईफईन्सोरेन्सको उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले पहाडी जिल्लामा पनि यस्तै कार्यक्रम आयोजना गरिएको र कैलालीमा धनगढीमा १६ मा रहेको शिव माध्यमिक विद्यालयलाई छनौट गरिएको बताए ।

साथै उनले आफूहरूले ब्याग सहित स्विटर वितरण गर्ने योजना बनाएको भएपनी तत्काल स्विटर मात्र वितरण गरिएको बताउँदै आगामी दिनमा ब्याग पनि वितरण गर्ने योजना रहेको बताए । साथै उनले धनगढीको बिकट क्षेत्रमा रहेको यो विद्यालय आफ्नो रोजाइमा रहेको र यो विद्यालयलाई छनौट गरिएको बताए । पन्तले सबै अभिभावकलाई आफ्नो र बालबच्चाको भविष्यको लागि जीवन बिमा गर्नु आवश्यक रहेको बताए । बिमा गर्दा शिक्षा, स्वास्थ्य लगायतमा सहज हुने बताए ।

बिमा गरेको पैसा भविष्यको पेन्सन भएको बताउँदै बिमा गर्न सबै अभिभावक लाई आग्रह गरे । कार्यक्रम उपस्थित अभिभावकहरूले विद्यार्थी लाई न्यानो स्विटर वितरण गरेकोमा संस्थालाई धन्यवाद दिए । बि ब्यास अध्यक्ष चन्दले आफ्नो विद्यालयका विद्यार्थीलाई न्यानो स्विटर कार्यक्रम मा छनौट गर्नु भएको मा धन्यवाद ज्ञापन गरे । साथै उनले आगामी दिनमा पनि यस्तै साथ सपोटको अपेक्षा रहेको बताए ।
कार्यक्रममा अतिथिहरू धनगढी शाखा प्रमुख प्रेम ऐर ,अत्तरिया शाखा प्रमुख गजेन्द्र भण्डारी एभिन्युज खवरका सुदुरपश्चिम प्रमुख हरिष बिक लगायत अतिथि रहनु भएको थियो । प्रधानाध्यापक तिलक बहादुर सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक नरेन्द्र कोट्केनी ले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस