कैलालीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार २१, माघ २०८२ १०:१२

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार टिकापुर नगरपालिका–७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा टिकापुरबाट भजनीतर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रालीमा सवार भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु