नेत्र रावलको डेउडा कोसेली “चुडि बजली झ्याम्म”को म्युजिक भिडियो सार्वजनिक

छिनोफानो   सोमबार २०, माघ २०८२ ०३:३१

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका डेउडा गायक नेत्र रावलको  डेउडा  चुडि बजली झ्याम्म गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक राम सिलालकोे लय तथा सुदैशन थापाको शब्दमा रहेको उक्त गितमा स्वर स्वयंम गायक नेत्र रावल उनलाई चर्चित गायिका ईब्सल संन्यालले साथ दिएकी छन ।  
बिषेश रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितले हाम्रो समाजमा रहेका यथार्थ घटनाहरुलाई चित्रण गरेको छ । पछिल्लो समय भारतमा बसेर सांगीतीक क्षेत्रमा आफनो यात्रालाई निरन्तर जारी राखेका रावलको यो गितले केहि बजार तताएको छ । गायक रावलले दर्जन बढि गितहरु बजारमा ल्याएको भए पनि यो गितले केहि आशा जगाएको बताए । 
आफु सानै उमेर देखि गित संगित प्रेमी भएको बताउदै रावलले भने सानेै उमेरमा त सपना पुरा गर्न सकिन अहिले प्रबासमा भएपनि आफनो सपना र चाहाना पुरा गरेको छु । अरुले गायका गितहरु सुन्दा गाउने रहर जागेको बताउदै रावल भन्छन “मैले आफनो रहर पुरा गर्न प्रदेश आउनु पर्यो ।”


रुपा सिलालको निर्देशनमा भएको उक्त गितमा अभिनय राजकुमार खड्का ,पुष्पा ढकाल र प्रीया सिहको रहेको छ । 
भिडियो हेर्नका लागी 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु