कपिलवस्तुमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

छिनोफानो   मङ्गलबार २४, फागुन २०७८ ०४:१३

कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु १ ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोड समेत गरेका थिए । चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु